September 11, 2019

ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त

 

  २०७६ भदौ २५ 

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन्।

उनले आफू बोल्टसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्विटमार्फत बताएका छन्।  बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाई सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन्। उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए। सन् २०१८ यता पदमा रहेका बोल्टन ट्रम्पका तेस्रा सुरक्षा सल्लाहकार हुन। ट्रम्पले ट्विट गरे लगत्तै बोल्टन ट्विटरमै पछिल्लो घटनाबारे मत राखेका थिए। उनले आफूले राजीनामा बुझाएपछि ‘ट्रम्पले त्यसबारे भोलि कुरा गरौँ’ भनेको बताएका छन्। घटना सार्वजनिक भए लगत्तै बोल्टनले प्रत्यक्ष प्रसारणका क्रममा रहेका फक्स न्यूजका एकजना प्रस्तोतालाई एसएमएस सन्देश पठाउँदै आफूले पदबाट राजीनामा दिएको बताएका थिए। उनले वासिङ्टन पोस्टका संवाददाता रोबर्ट कोस्टालाई पनि एसएमएस पठाएका थिए। त्यसमा बोल्टनले उचित समयमा आफ्नो भनाई राख्ने र आफ्नो प्रमुख चासो अमेरिकाको राष्ट्रिय सुरक्षा रहेको बताएका थिए।

ह्वाइटहाउसले बीबीसीलाई बताए अनुसार चार्ल्स कुपरम्यानले कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्ने छन्। उनी बोल्टनका सहायकका रूपमा कार्यरत थिए। सुत्रहरुका अनुसार राष्ट्रपतिलाई सल्लाह दिने राष्ट्रिय सुरक्षा परिषद, ह्वाइटहाउस भित्र छुट्टै संस्था बनेको थियो। बोल्टन बैठकहरूमा सहभागी नहुने र आफूले गरेका पहललाई मात्र पच्छ्याउने गरेका थिए।

बोल्टनको आफ्नै कुरा मात्र लागु हुनुपर्छ भन्ने किसिमको अडानले ट्रम्पसहित राष्ट्रपति कार्यालयका धेरैलाई क्रुद्ध बनाएको थियो। विदेश नीतिका विज्ञ बोल्टन ट्रम्पले इरानविरुद्ध अपनाएको कडा रवैयाका प्रमुख योजनाकार थिए। ट्रम्पले तेहरानका नेताहरूसँग छलफल गर्न चाहेको भन्ने विषयको बोल्टनले विरोध जनाएका थिए।अमेरिकाका पूर्व राष्ट्रिय सल्लाहकारले उत्तर कोरिया, रुस र अफगानिस्तानसँग पनि अमेरिका कडा रूपमा प्रस्तुत हुनुपर्ने पहल गर्दै आएका थिए।बोल्टनका कारण गत फेब्रुअरीमा उत्तर कोरियासँग परमाणु निःशस्त्रीकरण सम्बन्धी शिखर वार्ता सफल हुन नसकेको अमेरिकी अधिकारीहरू बताउँछन्। उनले तालिबानसँग अमेरिकाले गरेको शान्तिवार्ताको समेत विरोध गरेका थिए जुन हालसालै मात्र ट्रम्पले रद्द गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि