August 26, 2019

मार्क्सबाद र एशियाली दर्शन विशेष बिश्व सम्मेलन नेपालमा सम्पन्न

 

भाद्र ९, मार्क्सबाद र एशियाली दर्शनको सुदृढीकरणका लागि निरन्तर अन्तरक्रिया तथा यसै बिषयमा बर्षैपिच्छे राष्ट्रिय र  बिश्व सम्मेलन आयोजना गर्ने दुइ बूँदे काठमाण्डौ घोषणापात्र जारी गदै काठमाण्डौमा आयोजित मार्क्सबाद र एशियाली दर्शन बिषयक ऐतिहासिक अन्तर्राष्ट्रि दुइ दिने सम्मेलन गत भाद्र २ र ३ गते प्रज्ञाभवनमा सम्पन्न भएको छ । घोषणापत्रमा मार्क्सबाद र एशिायली दर्शनको सुदृढकराणका लागि खुल्ला बहसलाई जारी  कुरा उल्लेख गरिएको  छ ।    गत भाद्र २ गते कार्यक्रमको उद्घाटन पुर्ब प्रधानमन्त्री तथा  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले पानसमा बत्ती बालेर  गरेका थिए भने उक्त कार्यक्रमको समापन भाद्र ३ गते नेकपा(क्रान्तिकारी माओादी)का  महासचिव मोहन बैद्य (किरण)ले गरेका थिए ।

  उक्त कार्यक्रम नेपाल संस्कृत विश्वविद्यालय, मार्क्सीय गुरुकुल र नेपाल खुल्ला विश्वविद्यालयको तत्वाबधान तथा सहिद कुसुम स्मृति प्रतिष्ठानलगायतको सहआयोजनामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा छिमेकी मुलुक चिन, भारतलगायतका मुलुकहरुको पनि प्रतिनिधित्व रहेको थियो । 

  कार्यक्रमको शुरुमा उपस्थिति सबैलाई स्वागतगर्दै नेपाली पञ्जेबाजा आठ मार्च महिला समूले प्रस्तुत गरेको थियो भने  त्यसपछि कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत गाइएको थियो  ।
 उद्घाटन सत्रमा चीनीया प्रोफेसर लि.छिउ तिङ्ग, भारतका प्रोफेसर, अशोक मोदक,  शिक्षा, बिज्ञान तथा खेलकुद मन्त्री, गिरीराजमणि पोखरेल, नेकपा मालेका नेता सीपी मैनाली, समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका नेता लोकनारायण सुबेदी र नेकपा(मसाल)का नेता प्रकाश पुरी लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रमको अध्यक्षता मार्क्सीय गुरुकुलका संयोजक स्वनाम साथीले गरेका थिए ।  
सम्मेलनमा दर्शनका बिभिन्न शिर्षकमा प्रो. असोक मोदक,(भारत) प्रो.लि छिउ टिङ,(चीन)  डा. ऋषिराम अधिकारी, प्रो.डा. कृष्णचन्द्र शर्मा, डा. शारदा पौडेल, मौसम शाक्य, उसा आचार्य, वाङ नान, डा. विजय पौडेल, डा. गोविन्द शरण उपाध्याय, डा. दिलनाथ दंगाल, लि सुजुन, प्रो.सडानन्द दिक्षित, रघुनाथ अधिकारी, प्रो.बेद गिरी, नवराज खतिवडा, डा. सरोज धिताल, वाङ रोङ जिङ, राजनप्रसाद पोखरेल, समिर सिंह, डा. गोपीरमण उपाध्याय, रामराज रेग्मी, विजयप्रसाद जैसवाल, डा. देवी नेपाल, स्नेह सायमी, वेदराज ज्ञवाली, सुदर्शन प्रधानलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित