पिताको हत्या गरी शव टुक्रा पारेर बाल्टीमा भरेपछी…

भाद्र २, भारत :  भारतको हैदराबादको मलकाजगिरी इलाकाको कृष्णानहर कोलोनीमा एक व्यक्तिले आफ्नो बुवाको हत्या गरेका छन् ।

रेल विभागबाट अवकाश पाइसकेको ८० वर्षका कृष्ण सुधिर मूर्तीको शुक्रबार उनकै आफ्ना छोराले निर्ममतापूर्वक हत्या गरेका थिए र शवलाई टुक्रा–टुक्रा पारेर प्लास्टिकको बाल्टीमा भरेका थिए । घरबाट दुर्गन्ध फैलिएपछि छिमेकीले पुलिसलाई जानकारी दिएपछि घटनाबारे पर्दाफास भएको हो ।

त्यसपछि जब आइतबार यसबारे खुलासा भयो तब मानिसहरुको होस् उड्यो । अचम्मको कुरा के छ भने यो निर्मम हत्यामा छोरालाई आमा र बहिनीले पनि साथ दिए ।

पुलिसले आरोपी मुरली, मृतककी श्रीमती गया छोरी प्रफ्फुललाई पक्राउ गरेको छ । जब पुलिसले सोधपुछ गरे तब सुधिर मूर्तीको हत्याको अपराध स्विकार गरे । उनीहरुका अनुसार सुधिर मूर्ती रक्सी पिएर उनीहरुलाई तनाव दिने गर्दथे । उनीहरुका अनुसार जब उनीहरुको धैर्यताको बाँध टुट्यो तब उनीहरुले तरकारी काट्ने चक्कुले सुरुमा उनको हत्या गरे र त्यसपछि शवलाई टुक्राटुक्रा पारे ।

एसीपी जी सन्दिपले घटनास्थलबारे जानकारी दिँदै भने, ‘शवको टुक्रा ६–७ वटा बाल्टीमा राखिएको थियो । घरमा दुई महिला थिए जो मृतककी श्रीमती र छोरी हन् । महिलाले उनको छोराले सुधिरको हत्या गरेको र त्यही चक्कलुले शवलाई टुक्रा–टुक्रा पारेको बताइन् ।’

त्यसपछि उनीहरुले शवको टुक्रालाई बाल्टीमा हालेर त्यहाँबाट भागे । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित