August 6, 2019

कश्मीरका विषयमा भारतको लोकसभामा हंगामा

साउन २१,काठमाडौं : भारतको लोकसभामा जम्मु तथा कश्मीर सम्बन्धी धारा ३७० खारेज गर्ने तथा राज्यलाई विधभाजन गर्ने विषयमा भएको बहसमा चर्काचर्की परेको छ । 

बहसका क्रममा गृहमन्त्री अमित शाहले आफूहरू कश्मीरका लागि मर्न तयार रहेको बताएका छन् ।

लोकसभामा कांग्रेसका नेता अधीर रञ्जन चौधरीले गृहमन्त्रीलाई सोधे, ‘एस जयशंकरले माइक पम्पिओलाई कश्मीर द्विपक्षीय मामिला हो त्यसैले हस्तक्षेप नगर्नुस् भनी केही दिनअघि भनेका थिए । अब जम्मु तथा कश्मीर आन्तरिक मामिला नै रहन्छ त ? हामी जान्न चाहन्छौं ।’

शाहले जवाफ दिए, ‘जम्मु तथा कश्मीर भारतको अभिन्न अंग हो र यो भारत अनि जम्मु तथा कश्मीरको संविधानमा छ । त्यसैले संसद्ले राज्यका विषयमा कानून बनाउने पूर्ण हक राख्छ ।’

यसपछि विपक्षीहरूले सोधे, ‘त्यसो भए पाकिस्तान अधीनस्थ कश्मीरका विषयमा तपाईंको के अडान छ त ?’ यो प्रश्नलाई चित्त नबुझाएको देखिएका अमित शाहले भने, ‘मैले जम्मु तथा कश्मीर भनेर पाकिस्तान अधीनस्थ कश्मीर र अक्साई चीन क्षेत्रलाई पनि इंगित गरेको हुँ । तपाईं पाकिस्तान अधीनस्थ कश्मीर भारतको अंग हो भनी मान्नुहुन्न र ?’

यसमा चौधरीले सोधे, ‘तपाईं किन आक्रामक भएको ?’

अनि गृहमन्त्रीले जवाफ फर्काए, ‘म आक्रामक हुन्छु, हामीहरू कश्मीरका लागि मर्न तयार छौं ।’

राज्यसभामा संकल्प प्रस्ताव र विधेयक पारित भएको एक दिनपछि लोकसभामा यससम्बन्धी बहस चलिरहेको छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित