August 2, 2019

संघीय सरकारविरुद्ध प्रदेश २ ले रिट हाल्यो, सारनाथ वन परियोजना प्रदेशको सम्पति भएको दाबी

साउन ,काठमाडौँ – संघीय सरकारविरुद्ध प्रदेश नम्बर २ सरकारले सर्वोच्चमा रिट हालेको छ ।

प्रदेशको अधिकार क्षेत्रमा रहेको सारनाथ वन परियोजना नेपाल वन लिमिटेड बनाउने संघीय सरकारको निर्णय मान्य नरहेको भन्दै प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संघीय सरकारविरुद्ध बिहीवार रिट दायर गरेको हो । कुनै पनि प्रदेशले संघीय सरकारलाई सर्वोच्च अदालतमा रिट हालेर चुनौती दिएको नेपालको इतिहासमा यो पहिलो घटना हो ।

गत वैशाखमा सर्लाही, महोत्तरी र रौतहटमा फैलिएको सारनाथ वन परियोजना मन्त्रिपरिषदबाट निर्णय गरेर प्रदेश सरकारले आफ्नो हातमा ल्याएको थियो ।

प्रधानमन्त्री कार्यालयले दुई नम्बर प्रदेशको निर्णयलाई वेवास्ता गर्दै जेठमा नेपाल वन लिमिटेड बनाउने निर्णय गरेको थियो ।

त्यही निर्णयलाई हस्तक्षेप मान्दै प्रदेश २ सरकारले सर्वोच्चमा संघीय सरकारलाई चुनौती दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा