August 2, 2019

संघीय सरकारविरुद्ध प्रदेश २ ले रिट हाल्यो, सारनाथ वन परियोजना प्रदेशको सम्पति भएको दाबी

साउन ,काठमाडौँ – संघीय सरकारविरुद्ध प्रदेश नम्बर २ सरकारले सर्वोच्चमा रिट हालेको छ ।

प्रदेशको अधिकार क्षेत्रमा रहेको सारनाथ वन परियोजना नेपाल वन लिमिटेड बनाउने संघीय सरकारको निर्णय मान्य नरहेको भन्दै प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संघीय सरकारविरुद्ध बिहीवार रिट दायर गरेको हो । कुनै पनि प्रदेशले संघीय सरकारलाई सर्वोच्च अदालतमा रिट हालेर चुनौती दिएको नेपालको इतिहासमा यो पहिलो घटना हो ।

गत वैशाखमा सर्लाही, महोत्तरी र रौतहटमा फैलिएको सारनाथ वन परियोजना मन्त्रिपरिषदबाट निर्णय गरेर प्रदेश सरकारले आफ्नो हातमा ल्याएको थियो ।

प्रधानमन्त्री कार्यालयले दुई नम्बर प्रदेशको निर्णयलाई वेवास्ता गर्दै जेठमा नेपाल वन लिमिटेड बनाउने निर्णय गरेको थियो ।

त्यही निर्णयलाई हस्तक्षेप मान्दै प्रदेश २ सरकारले सर्वोच्चमा संघीय सरकारलाई चुनौती दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक