स्थानीय तहमा भ्रष्टाचार बढ्दै, घूससहित समातिनेमा इन्जिनियर र गृह मन्त्रालय अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज रेग्मीले लेखेका छन् ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार एक वर्षको अवधिमा आयोगमा दर्ता भएका उजुरीमध्ये २४ हजार ४८ उजुरी स्थानीय तहसँग सम्बन्धित छन् । पछिल्लो उजुरी कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियरलाई अख्तियारको टोलीले घूससहित पक्राउ गरेको घटनाको छ ।

इन्जिनियर हरिप्रसाद चौधरी, कमल सिटौला, विश्वेश्वरप्रसाद साहलाई नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले १५ लाख रुपियाँ घूससहित शनिबार मात्र पक्राउ गरेको हो ।

तारजाली भर्ने कामको योजनाको बिल रकम भुक्तानी गरेबापत उनीहरूले १५ लाख रुपियाँ घूस मागेका थिए । घूस नदिई भुक्तानी नै नदिएपछि पीडित ठेकेदारले अख्तियारलाई खबर गरेका थिए । त्यसपछि उनीहरूलाई अख्तियार टोलीले रंगेहात पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय