July 14, 2019

डिलैमा घर, लान्छ भन्‍ने डर

तीन दिन भयो इटहरी–४ स्थित गैरीगाउँका बासिन्दाले आँखा झिमिक्क गर्न नपाएको। निरन्तरको वर्षा अनि घरछेउमै उर्लिरहेको बूढीखोलाले तीन सयभन्दा बढी घरपरिवार बाढीले बगाउने हो कि भनेर राम्ररी गाँस हाल्नसमेत सकेका छैनन्। दिनभरि बाढीको रमिता हेर्ने स्थानीयका आँखा रातमा पनि खोलाभन्दा अन्यत्र जाँदैनन्। परिवारका सदस्य जागै रहन्छन्। पालैपालो फुत्त खोलाछेउ पुग्छन् अनि पानी बढेको वा घटेको सूचना ल्याउँछन्। त्यसैअनुसार सबै सतर्क रहन्छन्। यो खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

दुई वर्षअघि साउन २७ गते राति बस्तीका सबै बासिन्दा खाना खाएर सुतेका थिए। राति एक्कासी बाढी आयो। मध्यरात उर्लिएको बाढी त्यही बस्तीका ६ जनाको ज्यान लिएर सामसुम भएको थियो। परिवार गुमाउनेहरू अझै त्यहीं बसिरहेका छन्। त्यो बाढीमा ४ घण्टा पौडिएर बाँचेकी सानुमाया राई भन्छिन्, ‘अन्त कहाँ जानु ? बाढी कतिखेर आउँछ थाहा हुँदैन।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय