July 11, 2019

ट्वीटरमा नयाँ नियम, धर्ममा आधारित अमानवीय ट्वीटमा बन्देज

माइक्रोब्लगिङ साइट ट्वीटरले आफ्नो प्लाटफर्ममा घृणाजन्य सामग्रीहरुमा कमी ल्याउन नयाँ नियम लागू गरेको छ ।ट्वीटरमा अमानवीय भाषाको प्रयोग गरी घृणित आचरण देखाउने तथा धर्मको आधारमा अन्य व्यक्तिमाथि अमानवीय टिप्पणी गर्नेहरुमाथि ट्वीटरले प्रतिबन्ध लगाएको हो ।आफ्नो यो नयाँ नीति विरुद्धमा हुने पोष्टहरुमाथि प्रतिबन्ध लगाइने ट्वीटरले जनाएको छ ।

ट्वीटरले भनेको छ, ‘नयाँ लागू भएको नियम उल्लंघन गर्ने ट्वीटर प्रयोगकर्ताका ट्वीट हटाइनेछ । तथापि, त्यस्ता अकाउन्टहरु निलम्बन भने गरिनेछैन । यो नियम लागू हुनुभन्दा अगाडि गरिएका त्यस्ता ट्वीटको आधारमा सम्बन्धित ट्वीटर अकाउन्ट निलम्बन गरिने छैन ।’

गतवर्ष ट्वीटरले धर्मको आधारमा ट्वीटरमा प्रकट गरिने घृणित आचरणमाथि कसरी प्रतिबन्ध लगाउन सकिन्छ ? भन्ने विषयमा विभिन्न समुदायसँग राय मागेको थियो । दुई हप्ताभित्रमा ३० भन्दा धेरै देशका ८ हजारभन्दा धेरै व्यक्तिले ट्वीटरलाई विभिन्न खाले सल्लाह प्रदान गरेका थिए ।

ट्वीटरले भनेको छ, ‘भाषाहरुका अलावा मानिसहरुले अधिक जानकारी उपलब्ध गराएर प्रस्तावित परिवर्तनमा सुधार ल्याउन सकिने मत प्रकट गरेका थिए ।’ कतिपय मानिसहरुले ट्वीटरका नयाँ नियमहरुको निष्पक्ष रुपमा कार्यान्वयन गर्ने ट्वीटरको क्षमताबारे चिन्ता व्यक्त गरेका थिए ।

पछिल्लोपटक लागू गरिएको नयाँ नियम ट्वीटरको हिंसा, धम्की तथा दुर्व्यवहारलाई दुरुत्साहित गर्ने सामाग्रीमाथि बन्देज लगाउने विद्यमान नीतिकै विस्तारित रुप भएको बताइएको छ ।

एक ब्लग पोष्टमा ट्वीटरले आफ्नो नयाँ नियम उल्लंघन गर्ने केही ट्वीटको उदाहरणसमेत पेश गरेको छ ।

स्मरणरहोस् फेसबुक र युट्युबले यसअघि नै जाति, धर्म तथा समुदायप्रति लक्षित घृणाजन्य तथा अमानवीय सामाग्रीहरुमाथि बन्देज लगाउने नीति यसअघि नै लागू गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब