June 29, 2019

निर्माणाधिन अपार्टमेन्टको पर्खाल भत्किदाँ १५ को मृत्यु

असार १५, भारत : भारतको पुणेमामा शनिबार बिहान निर्माणाधिन एक अपार्टमेन्टको पर्खाल भत्किदाँ कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ

यस घटनामा कति व्यक्ति घाइते भएका छन् संख्या यकिन नभएको समाचार संस्था एएनआईले जनाएको छ ।

निर्माणाीधन काममा संलग्न रहेका कामदार सुतिरहेको स्थानमा भारी वर्षाको कारण ६० फिट अग्लो पर्खाल भत्किदाँ उक्त दुर्घटना हुन पुगेको हो ।

यस दुर्घटनामा चार बालबालिकासहित १५ व्यक्तिको मृत्यु भएको भारतीय प्रहरी स्रोतले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका दुई व्यक्तिको अस्पतालमा सकुशल उपचार भइरहेको स्थानीय प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

यस दुर्घटनामा दुईजना अझै भत्किएको स्थानमा पुरिएको छ भने उनीहरुको खोजी तथा उद्धारको काम जारी रहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि