नदी किनारमा भेटिएको बाबुछोरीको शव , जसले विश्वलाई रुवायो

असार ११, काठमाडौं : नदी किनारमा भेटिएको बाबुछोरीको शवको तस्विरले एकपटक विश्वलाई तरंगित बनाएको छ ।

8a1f6d418ddd9fc7c55dfe8924f4a99b_w1000_h500_cp

रियो ग्रान्ड नदीको घाँसे किनारामा देखिएका बाबुछोरीको शवले त्यहाँको शरणार्थीको अवस्था पनि चित्रित गरेको छ, जुुन निकै विरक्तलाग्दो छ । उनीहरु शरणार्थी हुन् ।

अमेरिकी–मेक्सिकन बोर्डर नजिकैको रियो ग्रान्डको यो दृश्यले फेरि शरणार्थीको गहिरो घाउलाई सतहमा ल्याइदिएको छ । पत्रकार जुलियाले खिचेको सो तस्विरले दुनियाँ फेरि रोएको छ ।

मेक्सिन मिडियाका अनुसार यो तस्बिरमा देखिएका दुई बाबुछोरी एल साल्भेडरमा बस्दै आइरहेका अस्कर एलबेर्तो मारटिनेज यामिरेज र उनकी छोरी बलेरियाको हुन् । उनीहरु आफ्नो अस्थायी बासस्थान छोडेर शरणार्थीका रुपमा अमेरिका जान चाहन्थे । पटकपटक यसको प्रयास पनि गरेका थिए ।

उनीहरुले पटकपटक अमेरिका पुग्न खोज्दा प्रयास सफल नभएपछि परिवार नै तनावमा रहेको थियो ।

आइतबार जब उनी नदी पार गरिरहेका थिए तब केही बेरका लागि नदी किनारामा बसेर आफ्नी श्रीमतीलाई प्रतीक्षा गरे। तर त्यति नै बेला उनकी छोरी बेलेरिया पानीमा खसिन्।

उनलाई बचाउन उनी पनि नदीमा हाम फाले । छोरी बचाउन उनले सक्दो प्रयास गरे । तर सकेनन् । छोरीलाई पानीमा त भेटाएका थिए । तर जीवित छोरीलाई लिएर पानीबाहिर आउन हाम फालेका बाबुको नै मृत्यु भयो । तस्विरमा छोरीले आफ्ना बुवाको टिर्सटभित्र टाउको छिराएको देखिन्छ । उनले एउटा हातले पिताको घाँटीमा समातेकी छिन्।

यसपछि बालिकाकी आमा अर्थात् कुर्दीकी श्रीमती विक्षिप्त बनेकी छन्। अमेरिका जाने क्रममा मृत्यु भएका पिता र छोरीको परिवारलाई सरकारले क्षतिपूर्ति दिने राष्ट्रपति बुकिलीले घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित