जेठ २०,काठमाडौं : पालैपालो सत्ताको नेतृत्व गर्ने सहमति कार्यान्वयन हुनुपर्ने विषय उठेसँगै पार्टीभित्र तरंग बढिरहेको बेला आइतबार नेकपाका दुई अध्यक्षले वार्ता गरेको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको हो ।
दाहालसँग एक्लै वार्ता गरेका प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि एक्लै छलफल गरेका थिए । बालुवाटारमै अध्यक्षद्वय ओली र दाहालले महासचिव विष्णु पौडेल तथा सचिवालय सदस्य रामबहादुर थापासँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीको वार्ता र छलफल पार्टीभित्रको जिम्मेवारी बाँडफाँटमा केन्द्रित रहेको नेताहरूको भनाइ छ ।
एजेन्डा टुंगोमा पुग्न नसकेकै कारण नेताहरूको कार्यविभाजन र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको नेकपा बैठक सरेको सर्यै छ । जेठ ३ मा भ्रातृ संगठनहरूको एकतालगत्तै बैठक बसेर टुंगो लगाइने भनिएको थियो ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय