रहस्यमयढंगले धर्म प्रचारक विश्वविद्यालयसँग फेरि सम्झौता

जेठ २०,काठमाडौं : त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विशवविद्यालयसँग फेरि सम्झौता गरेको छ । त्रिविले उक्त विशवविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसअघिको सम्झौता तोडेको थियो । 

उक्त विश्वविद्यालयले गत बुधबार काठमाडौंमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । यसलगत्तै त्रिवि उपकुलपति तीर्थराज खनियाँले उक्त विश्वविद्यालयसित समझदारीपत्रमा ९एमओयू० मा हस्ताक्षर गरेका हुन् ।

‘त्रिवि उपकुलपतिले काङनाम विश्वविद्यालयसित शैक्षिक कार्यक्रम सञ्चालन समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ,’ त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक भूपप्रसाद धमलाले भने, ‘पाँच वर्षका लागि शैक्षिक कार्यक्रममा समझदारी भएको हो । जसमा अध्ययन, अनुसन्धानजस्ता बुँदागत कार्यक्रम छन् ।’

काङनाम विश्वविद्यालयले डेढ दशकअघि त्रिभुवन विश्वविद्यालयसित ‘विशेष आवश्यकता शिक्षा’ ९स्पेसल निड्स एजुकेसनरएसएनई० का निम्ति समझदारी गरेको थियो । त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत कीर्तिपुरमा सञ्चालित एकवर्षे बीएड कार्यक्रममा पठनपाठन गराइएको थियो । विद्यार्थीलाई मासिक चार हजार रुपैयाँ छात्रवृत्ति दिइएको थियो ।

उक्त विश्वविद्यालयबाट हरेक वर्ष कोरियाका विद्यार्थी र अन्य गरी सय जनाभन्दा बढीको टोली नेपाल भ्रमणमा आउने गर्थ्यो । कोरियाली टोलीले केही दिन काठमाडौंमा औपचारिक कार्यक्रम गर्ने र त्यसपछि पोखरा भ्रमण गर्ने भन्दै दुर्गम गाउँमा पुगेर धर्म प्रचार गर्थ्यो । धर्म प्रचार गरेको पुष्टि भएपछि अवधि नपुग्दै त्रिविले उक्त विश्वविद्यालयसित सम्झौता तोडेको थियो ।

अहिले सम्झौता भएको कार्यक्रम त्रिविको कुन संकायमा सञ्चालन हुने भन्नेबारे आफूलाई जानकारी नरहेको कार्यकारी निर्देशक धमलाले प्रस्ट्याए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय