पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेपछि विप्लव समूहले निकाल्याे यस्ताे विज्ञाप्ति

जेठ २०,काठमाडाैं : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पदम राईलाई पार्टीबाट निष्काशन गरेको जनाएको छ । आइतबार विप्लव समूहका पोलिटब्यरो सदस्य पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेपछि एक विज्ञाप्ति निकाल्दै पार्टीबाट निष्काशन गरेको जनाएको छ ।

 Padam-press
राई पार्टीका नीति र कार्यक्रमको विरुद्ध गएपछि पार्टीबाट निष्काशन गरेको जनाइएको छ । विप्लव पार्टीका प्रवक्ता प्रकाण्डद्वारा जरी विज्ञाप्तिमा भनिएको छ- ‘रूपान्तरण र उपचारको अथकप्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले निलम्बन गरेकापदम राई झनझन पार्टीका विरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।’

विप्लव नेतृत्वकाे पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा वैज्ञानिक समाजवादी क्रान्तिमा निरन्तर अगाडि बढिरहेको पनि जनाएकाे छ । ‘नेपालका सर्वहारा वर्ग, श्रमिकतथा उत्पीडित जनसमुदायको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा वैज्ञानिक समाजवादीक्रान्तिनिरन्तर अगाडि बढिरहेको छ । यो भीषण र पेचिलो सङ्घर्ष पुँजीपतिवर्ग र सर्वहारा वर्गकाबीचको दुई विश्वदृष्टिकोणको लडाइँ पनि हो । ‘ जारी विज्ञाप्तिमा भनिएकाे छ ।

देशलाई पुन: द्वन्द्वमा जान नदिन र अराजक घटनाहरु बढ्न नदिन भन्दै नेता राईले आइतबार विप्लप समूहबाट सत्तारु दल नेकपामा प्रवेश गरेका थिए । उनलाई नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाई पार्टीमा स्वागत गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय