नेकपामा महाधिवेशन बहसः ‘हाइकमान्ड’ लाई हतारो,नेता–कार्यकता अन्योलमा

काठमाडौं ,जेठ २० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति सार्वजनिक भएसँगै पार्टी्भित्र महाधिवेशनको विषयले पनि चर्चा पाउन थालेको छ। पार्टी एकीकरण भएको एक वर्ष बित्दासम्म कुनै जिम्मेवारी नपाएका केन्द्रीय सदस्य केन्द्रीय समितिको दोस्रो बैठक नै नबसी ‘हाइकमान्ड’ बाटै जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशनको कुरा उठाइएपछि अन्योलमा परेका छन् । 

 पार्टी एकीकरणपछि निर्वाचन आयोगमा दल दर्ताका लागि गत वर्ष जेठ १० गते प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय समितिको बैठक बसेको थियो। त्यतिबेला बिनाअजेन्डा केन्द्रीय सदस्यलाई नागरिकताको फोटोकपी ल्याएर आउन सूचना गरिएको थियो। स्थायी समिति बैठक पनि पार्टी एकतापछि एकपटक मात्र बसेको छ। पुस २ गते स्थायी समितिको बैठक बसेको थियो ।तर केन्द्रीय समिति र स्थायी समितिमा अजेन्डा प्रवेश नगराईकन पार्टी अध्यक्षद्वयमध्ये एक पुष्पकमल दाहालले जिल्ला समिति गठनको एक वर्ष्भित्र जिल्ला अधिवेशन र त्यसपछि महाधिवेशन हुने बताएपछि पार्टी्भित्र तरंग फैलिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय