जेठ २०, काठमाडौं : सत्तारुढ दलका सांसद खगराज अधिकारीले आइतबार प्रतिनिधिसभा बैठकमा आफू चार पटक लडेको भन्दै ज्यान जोगाइन दिन सरकारको ध्यानाकर्षण गराउनु भएकाे छ । बैठकमा उहाँले आफ्नो भाँचिएको कुर्ची उठाएर सभामुख कृष्णबहादुर महरालाई देखाउँदै पटकपटक लडिसकेको र दुर्घटना चाहिँ नभएको भन्दै बचाइदिन ध्यानकार्षण गराउनुभएकाे हाे।
सांसद अधिकारीले बिग्रिएको कुर्चीको भाग उठाएर सभामुखलाई देखाउँदै भने, ‘अहिलेसम्म दुर्घटना भएको छैन, बाँचिएको छ। कति पटक भन्नुपर्ने हो कुर्ची मर्मत गर्नुपर्यो ? सभामुख महोदय, ज्यान जोगाइ पाउँ।’
अधिकारीले संसदबाट त्यस्ता कुर्सी हटाउन माग पनि गर्नुभयाे। ‘आगामी दिनमा यस्तो कुर्सी नराखियोस्’, उहाँले भने, ‘धराप भयो। ज्यान जोगाइ पाउँ भन्ने अवस्था आयो।’ यसपछि सभामुख महराले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयाे। न्यूज २४ नेपालबाट
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय