केन्द्रका सांसदले ६ कराेड लिँदा हामी टुलुटुलु हेरेर बस्नु उचित हाेइन : प्रदेश सांसद

जेठ २०,बुटवल : प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यले केन्द्र सरकारले प्रदेश र संघीय सांसदबीच विभेद गरेको गुनासो गरेका छन्। संसद विकास कोषको बिषयलाई लिएर प्रदेशसभा सदस्यले संघीय सांसदलाई दिने भनिएको संसद विकास कोष या त खारेज गर्नुपर्ने नभए प्रदेश सांसदलाई पनि दिनुपर्ने माग अघि सारे।

 ‘प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदले ६ करोड लिएर आफ्नो क्षेत्रमा रमाउँदा प्रदेशसभा सदस्य टुलुटुलु बसेर हेर्ने अवस्था कदापी उचित हुँदैन। या त यो निर्णय खारेज गर्नु पर्यो। वा प्रदेशसभा सदस्यलाई पनि रकम उपलब्ध गराउनु पर्छ’, घर्तीले भने।संघीय सांसदलाई संसद विकास कोषमार्फत ६ करोड रुपैयाँ संघीय सरकारले बजेटमै विनियोजन गरेको छ। आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले सांसद विकास कोषको व्यवस्था संघीयताविपरीत रहेको भन्दै सो निर्णय खारेज गर्न या प्रदेशसभा सदस्यलाई पनि रकम उपलब्ध गराउन माग गरे। अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय