प्रचण्डलाई ओलीले दिए यस्तो जवाफ

जेठ १८, काठमाडौं : प्राय व्यंग्य बिनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्नझैं देखिन्थे । भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए । 

शुक्रबार बिहान बाह्रखम्बास्थित नेपाली दूतावासमा केहीबेर नेपाली संवाददाताहरुसँग कुरा गर्दा पनि उनी गम्भीर थिए । तपाईँको पार्टीमा अर्का अध्यक्ष प्रचण्डले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईँको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो । ‘मेरो कार्यकाल एक वर्ष हैन, चार–५ दिन मात्र बाँकी छ’ उनले व्यंग्यमिश्रित शब्दमा भने । 

आलोपालो सरकार चलाउने सहमति पूरानै भएको उल्लेख गर्दैै उनले यो कुनै गोप्य दस्ताबेज नभएको उल्लेख गरे । प्रचण्डले एक अन्तर्वार्तामा पार्टी एकीकरणको क्रममा आलोपालो सरकार चलाउने सहमति भएको भन्दै दायाँबायाँ गरिए कोही नटिक्ने बताएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय