सामाजिक सञ्जाल दुरुपयोग : होस् गर्नुस्, ख्याल–ख्यालमै होला झेल

पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले भनेजसरी गरिन् । समय बित्दै गयो । भेट्न बोलाएको ठाउँमा युवती नपुगेपछि युवकले फोन गरेर पहिला खिचेका फोटो र भिडियो पोस्ट गर्ने धम्की दिन थाले । उनले प्रहरी गुहार्ने बताएपछि युवकले अर्कैका नाममा नक्कली फेसबुक खोलेर साजनाको सर्वांग नांगै भएको फोटो र भिडियो पोस्ट गरे । साजनाले पतिलाई घटनाबारे जानकारी दिइन् । त्यति बेलासम्म साजना प्रहरीमा पुग्न ढिलाइ भइसकेको थियो । ती युवक वैदेशिक रोजगारीका लागि मलेसिया उडिसकेका छन् ।

 सामाजिक सञ्जाल दुरुपयोगका प्रतिनिधि घटना मात्रै हुन् यी । प्रहरीमा यस्ता घटनाका उजुरीको चाङ छ । महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराधबारे अनुसन्धान गर्दै आएको छ । महाशाखामा साउनदेखि वैशाखसम्म मात्र ४ हजार उजुरी परेका छन् । यसमध्ये प्रहरीले १ हजार ५ सय ७० वटामा मुद्दा चलाएको छ । ‘सामाजिक सञ्जाल रिसइबी साँध्ने हतियार बनेका छन्’, महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘मन मिलेसम्म सबै कुरा गर्ने र नमिलेपछि सबै घटना बाहिर ल्याउने प्रवृत्ति बढेको छ ।’उनका अनुसार उजुरी आउने अधिकांश घटना फेसबुकसँग सम्बन्धित छन् । महाशाखाको अध्ययनअनुसार २० देखि ३० वर्ष उमेर समूहले सामाजिक सञ्जाल दुरुपयोग गर्दै आएको पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय