गुगलले विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन निर्माण कम्पनी हुवावेको एन्ड्रोइड अपरेटिङ सिस्टमका अपडेट रोक्ने निर्णय गरेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ ।अमेरिकी नीतिसँगै नेपालमा हुवावे स्मार्टफोनको कारोबार निकै खस्किएको छ ।
बजारमा उपलब्ध हुवावेका सबै मोडेलको माग घटेपछि ग्राहकले अन्य विकल्प खोज्न थालेको व्यवसायी बताउँछन् । ‘हामी जवरजस्ती गर्न सक्दैनौँ, ग्राहकले रुचाएका ब्रान्ड बेच्ने हो, काठमाडौंस्थित न्यूरोडको पाकोस्थित के एण्ड के मोवाइल हवका सञ्चालक कैलाश कँडेलले भने–‘गुगल र अरु फङ्सन चल्दैन भन्ने समाचार आएपछि अहिले हुवावेको डिमान्ड छैन ।’सो कम्पनीका ‘पी ३० प्रो’, ‘पी ३०’ र ‘पी ३० लाइट’ पछिल्ला मोडल हुन् । यी तीन मोडेलमध्ये सबैभन्दा बढी रुचाइएको पी ३० प्रो हो । डेढ साता अघिसम्म राम्रो माग रहेको हुवावेको ‘पी ३० प्रो’ मोडेल हिजो–आज ग्राहकले सोध्ने गरेपनि बिक्री हुन छोडेको उनले बताए । सामान्य मोवाइलसेटको तुलनामा ५० गुणा बढी जुमलेन्स क्यामेरा भएकाले सो मोडेल निकै रुचाइएको थियो । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय