May 31, 2019

आफ्ना कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीको राजीनामा

जेठ १७,काठमान्डाैं : आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छिन् । अन्य यात्री र विमानचालकहरुसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।

‘जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि पाउनुहुन्न, एकजना व्यक्तिको सुविधाका लागि सर्वसाधारण जनता समस्यामा पार्नुहुन्न,’ राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामापत्रमा जोसेफाले लेखेकी छिन्, ‘तर मेरो कारणले ३८ मिनेट जहाज ढिला भयो , यो गल्ती अक्षम्य छ, त्यसैले म राजीनामा दिन चाहान्छु ।’

गत शुक्रबार सरकारी कामका लागि मेक्सिकोबाट मेक्षिकालीसम्मको यात्रामा जोसेफाका कारण अन्य व्यवसायिक जहाजको उडान ३८ मिनेट ढिला भएपछि जनस्तरबाट व्यापक आलोचना भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय