May 28, 2019

दस बर्षे द्धन्द्धमा सहभागी भएका नेकपा नेताहरुले विप्लवलाई पुरानै बाटोमा लैजाँदै

जेठ १४, काठमाडौं : राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट गराएर त्रास फैलाएको नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाप्रति नागरिकस्तरबाट विरोध सुरु भएको छ । पूर्वघोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन सोमवार विभिन्न स्थानमा बम र शकांस्पद वस्तु राखेर त्रास फैलाउने कामको विरोध सुरु भएको हो । प्रतिबन्धित विप्लव समुहले सरकारलाई चुनौती दिन खोज्दा बम विस्फोट गर्ने क्रममा आफ्नै कार्यकर्ताले ज्यान गुमाए । सरकारले पटक–पटक वार्तामा बोलाउदा चुनौती दिदै वार्ता अस्वीकार गर्ने विप्लव समुहले हिंसाकै बाटो रोजेको देखिन्छ । सरकारले विप्लव समुहमाथि कठोर नीति लिदै नेता र कार्यकर्ता पक्राउ गर्ने कामलाई निरन्तरता दिएको छ ।

 
दसबर्षे शसस्त्र द्धन्द्धले थिलथिलो भएको मुलुकमा संविधान जारी भएपछि समृद्धि र शान्तिको बाटोमा अगाडि बढिरहेको बेला विप्लव समुहले एकीकृत क्रान्तिको नारा अगाडि सार्दै विध्वसात्मक गतिविधि बढाएको छ । प्रतिबन्धपछि केही सामान्य बन्दै गएको परिस्थितलाई काठमाडौंमा भएको बम विस्फोटको घटनाले पुनः तरङगित बनाइदिएको छ । विगतमा दस बर्षे शसस्त्र द्धन्द्धमा एकसाथ सहभागी भएका नेकपा नेताहरुले विप्लवले नयाँ बाटो नरोजी पुरानै बाटोलाई निरन्तरता दिएकाले उनको नीति सफल हुन नसक्ने बताएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय