जेठ ११,काठमाडौं : भारतमा नोटबन्दीपछि नेपालमा नक्कली भारु बरामद भएको छ । यसअघि भारत तथा बंगलादेशमा भने नयाँको पनि नक्कली नोट भेटिएका छन् । दुई महिनाअघि भारतको हैदराबादमा तीन लाख ९८ हजार नक्कली भारुसहित दुईजना पक्राउ परेका थिए । त्यस्तै, गत वर्ष बंगलादेशको मिरपुरबाट ५२ लाख नक्कली भारुसहित तीनजनालाई पक्राउ गरेको थियो । गत कात्तिकमा आठ लाख ४८ हजार नक्कली भारुसहित केही व्यक्ति दिल्लीमा पक्राउ परेका थिए ।

भारतमा नेपाल र बंगलादेशको बाटो भएर नक्कली नोटको तस्करी हुने गरेको छ । नक्कली नोट भारतीय अर्थतन्त्रका लागि ठूलो चुनौती बन्दै गएको छ । यस्ता नक्कली नोट अत्याधुनिक प्रेसमा छाप्ने गरेका छन् । जसमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय छ । तीन वर्षअघि भारतका बैजनाथ गुप्ता र पाकिस्तानका अब्दुल वहाकको समूहलाई पक्राउ गरेयता नेपालमा नक्कली नोट भेटिएको थिएन । सो समूहले नेपालमै नक्कली नोट भित्र्याएको थियो ।
भारतले कालोधन र नक्कली नोटको कारोबार रोक्नकै लागि ८ नोभेम्बर ०१६ मा पाँच सय र हजार दरका पुराना नोट हटाएको थियो । तत्काल नक्कली नोटको कारोबार कम भए पनि एक वर्षयता फेरि बढेको छ । नक्कली भारु तस्करीले नेपाल प्रहरीको समेत टाउको दुखाएको छ । नेपालमा हुने कतिपय गोलीकाण्ड नक्कली नोटको कारोबारसँग जोडिने गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय