May 23, 2019

पाँचथर हत्याकाण्ड : प्रहरीको अनुसन्धानमाथि प्रश्न, हत्या एकले गरेको होइन

जेठ ०९,काठमाडौं : पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे हत्याकाण्डमा मारिएका आफन्तले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन्। दुई परिवारका नौ जनाको हत्या एक जनाले मात्रै गरेको संकेत गरेर प्रहरीले हत्यारा उम्काउन खोजेको उनीहरुको आरोप छ।

आफन्तले हत्यामा अन्यको पनि संलग्नता भएको दाबी गरेका छन्। आत्महत्या गरेका व्यक्तिलाई सबै दोष देखाएर हत्यारा उम्काउन खोजे सरकार विरुद्ध आन्दोलनमा उत्रिने मृतकमन आफन्त शान्त लिम्बुले चेतावनी दिइन्। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका बेला ठूलो संख्यामा भेला भएका मृतकका आफन्तजनहरुले एक साताअघि सोही घरमा नुनमा सिसा मिसाइएको घटनाको अनुसन्धानमा प्रहरीले वेवस्ता गरेको पनि आरोप लगाए।

हत्याराले बनाएको पहिले देखिको योजनाप्रति प्रहरीले वेवास्ता गरेको उनीहरुको भनाई छ । प्रहरीले खानामा सिसा मिसाएको घटना अनुसन्धान नगर्दा सामुहिक हत्या हुन पुगेको मृतकका आफन्त मिक्लाजुङ–२ का प्रेमकुमार राईले बताए। ‘सिसा काण्डमा जाहेरी परे पनि प्रहरीले गम्भीरतापुर्वक अनुसन्धान नगर्दा सामुहिक हत्या भयो,’ उनले भने, ‘वास्तविक छानबिन र प्रगतिबारे जानकारी नदिएसम्म शव जिम्मा लिदैंनौं।’आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण