कांग्रेस नेताप्रति कार्यकर्ताको आक्रोशः गुट चलाऊ तर जागरणमा नआऊ

जेठ ०७,काठमाडौं : देशव्यापी जागरण अभियानमा लागेका केन्द्रीय नेताहरुलाई स्थानीय नेताहरुले पहिला आफू गुटबन्दीमा नलाग्ने कुरामा जागृत हुनुहोस्, अनि मात्र हामीलाई जागृत गराउन आउनुस् भनेका छन् ।

 जागरण अभियानबारे प्रतिक्रिया सुनाउँदै नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले भने– ‘सहभागी कार्यकर्ताहरु हामीलाई हैन पहिला नेतालाई जागृत गराउनुस् ।’ जागरण अभियानबारे अन्य जिल्ला सभापतिहरुको पनि त्यस्तै अनुभव छ । कार्यकर्ताले नेतालाई गुटबन्दीमा लागेका कारण पार्टी प्रमुख प्रतिपक्षमा पुगेको छ, पहिला नेतामा परिवर्तन आवश्यक छ भन्दै आक्रोश पोख्ने गरेका छन् ।काभ्रेमा सञ्चालित जागरण अभियानमा सहभागी क्षेत्रीय सभापति रमेश हुमागाईंका अनुसार यहाँका आम कार्यकर्ताले आफूहरु जागृत भएको तर नेताहरु नै जागृत नभएको बताए । हुमागाई भन्छन्– ‘कार्यकर्ता एकजुट छन्, नेताहरु भने गुटउपगुटमा विभाजित भएका छन् ।’ नेताहरु पहिले एकजुट भएर आउनुपर्ने कार्यकर्ताको भनाई रहेको उनी बताउँछन् । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय