May 20, 2019

सानो लापरवाही गर्दा रेबिजले थाहा नै नपाई लिँदैछ ज्यान

जेठ ०६,काठमाडौं : शुक्रराज सरुवारोग अस्पतालमा रेबिजको उपचारको क्रममा धेरै मानिसको मृत्यु भएको छ । कुकुरले टोकेको त हो नि, घाउ ठीक भइसक्यो, छिमेकीको कुकुरले टोकेको त हो नि भनेर बस्दा रेबिजले धेरैलाई मृत्युको मुखमा पुर्याएको छ ।

 
सरुवा रोग विशेषज्ञ तथा शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले कुकुरले टोकेको पीडा अत्यन्त दुःखदायी हुने बताए । सरकारले रेबिजविरुद्ध भ्याक्सिन निःशुल्क प्रदान गर्छ र रेबिजविरुद्ध सुई लगाउँदा पूर्णरूपमा ठीक हुन्छ भन्ने थाहा पाउँदा पनि सानो लापरबाहीले ज्यानै जाने गरेको उनको भनाइ छ ।डा. पाण्डेले दुर्घटनामा भएको मृत्यु, क्यान्सर, मिर्गौला, मुटुरोगजस्ता घातक रोग लागेर भएको मृत्युलाई सहन सकिने भन्दै तर रेबिज लागेर मृत्यु भएको घटना सहन धेरै गाह्रो पर्ने बताए ।

जब कि कुकुरले टोकिसकेपछि एउटा सुई लगाउने बित्तिकै बाँच्न सकिन्छ, त्यही सुई नलगाइदिँदा मानिसलाई मृत्युको मुखमा पुर्याइरहेको हुन्छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय