May 19, 2019

नेपालमै भारतीयको घेरामा सांसद !

 

 

 जेठ ५,      नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला प¥यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

यो घटना शुक्रबार साढे चार बजेतिरको थियो । हाटमा आएका भारतीय पसले, किनमेल गर्न आएका र केही स्थानीयले विश्वकर्मा निर्दोष रहेको भन्दै प्रदर्शन शुरु गरे । सानो झुन्डबाट थालिएको प्रदर्शनले उग्ररुप लियो ।

साँझ ६ बजेतिर प्रदेश सांसद कृष्णा केसी विकास निर्माणको अनुगमन गरेर फर्किने क्रममा नरैनापुरमा आइपुगेका थिए । प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका भारतीय र नेपालीले उनलाई घेरे । अहिले नै प्रहरी चौकी गएर विश्वकर्मालाई छुटाइदिन दबाबमूलक अनुरोध गरे । ‘के रहेछ भनेर बुझ्न’ उनी प्रहरीचौकी गए । 

चरेशसहित पक्राउ परेका व्यक्तिलाई सांसदको भनसुनमा छोड्ने कुरै भएन । सांसद केसीले पनि छोडिदेऊ भन्ने कुरै भएन । निर्दोष छ भने प्रहरीले छोडिहाल्छ भनेर सांसद नेपालगञ्ज फर्किन गाडीमा चढे । धेरै भारतीय र केही नेपालीले उहाँलाई घेरे । विश्वकर्मालाई नछोडेसम्म जान नदिने धम्की दिन थाले । गाडीको हावा फुस्काइदिए । पेट्रोल छर्केर आगो लगाउने सुरसार कसे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय