अमेरिकामा साइबर संकटकालको घोषणा

जेठ २,वाशिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनको लागि भन्दै राष्ट्रिय आपतकाल (संकटकाल)को घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै सो घोषणा गरेका हुन् । उनको यो आदेश अन्तर्गत विदेशी टेलिकम सेवाको उपयोग गर्न प्रतिबन्ध लगाइएको छ । आदेशमा विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा रहेको जनाइएको छ । 

उनले आफ्नो आदेशमा कुनै विदेशी कम्पनीको नाम भने लिएका छैनन् ।  यद्यपि विश्लेषकहरुले राष्ट्रपति ट्रम्पको कदम विशेषगरी चीनको टेलिकम कम्पनी हुवावेतर्फ लक्षित रहेको बताएका छन् । कैयौं देशले चीनको कम्पनी हुवावेका उत्पादनहरुमार्फत निगरानी हुन सक्ने आशंका यसअिघ देखि नै व्यक्त गर्दै आएका थिए । 

यद्यपि हुवावेले भने यो कुरा खण्डन गर्दै आइरहेको छ । उसले आफ्नो कामबाट कसैलाई नोक्सान नहुने र जासुसीको जोखिम पनि नरहेको  बताउँदै आएको छ । ट्रम्पको आदेशको उद्देश्य विदेशी दुश्मनबाट सूचना, सञ्चार र सेवाको उपयोगको माध्यम मार्फत अमेरिकालाई बचाउनु भएको बीबीसीमा प्रकासित समाचारमा जनाइएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि