May 13, 2019

जब, बेहाेसी पाइलटले विमान उडाए 

 

बैशाख ३०,  क्यानबेरा – अस्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् । प्राप्त जानकारीका अनुसार उनले आफ्नो निन्द्रा पूरा नगरेको, खाना पनि नखाएको अवस्थामा विमान उडाउन सुरु गरेका थिए । अस्ट्रेलियाको परिवहन सुरक्षा ब्युरो (एटीएसबी)ले ९ मार्चमा यो गम्भिर घटनाको विषयलाई लिएर एक रिर्पोट जारी गरेको थियो, जसमा फ्लाइट स्कुल फ्लाइट ट्रेनिङ एडिलेडको विमानलाई समावेश गरिएको थियो ।

एटीएसबीले भनेको छ, ‘ट्रेनी पाइलटले अडानभन्दा पहिला पर्याप्त निद्रा लिएका थिएनन् र उडानभन्दा पहिले चकलेट बार, एक इनर्जी ड्रिंक तथा थोरै पानी मात्रै पिएका थिए ।’ 

अस्ट्रेलियाको एबीसी न्युजले भेनेको छ, ‘आफ्नो ४० मिनेटको यात्राको अवधिमा ५ हजार ५ सय फिटमा उडान भरेको समयलाई उनले टाउकोमा दुखाई महसुस भएको थियो । यसपछि उनले अटोपाइलट खोले ।’ डायमन्ड डीए ४० विमानले एडिलेडको नियन्त्रण भएको हवाई क्षेत्रमा बिनाअनुमति प्रवेश गरेको थियो । यो समाचार कारोबारमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय