बैशाख २७,काठमाडौं : केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । विहीवार नेपालगञ्जको अधिकतम तापक्रम ४३ डिग्री मापन भएको छ भने धनगढी र दिपायलको अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि छ । धनगढीको तापक्रम ४२ दशमलव ४ र दिपायलको तापक्रम ४० दशमलव ३ डिग्री मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधवार नेपालगञ्जको तापक्रम ४२ दशमलव २ डिग्री थियो भने धनगढीको ४२ दशमलव १ र दिपायलको ३९ दशमलव ४ डिग्री थियो । विरेन्द्रनगर, दाङ, भैरहवा, सिमरा सहित मध्य र पश्चिम तराईमा पनि गर्मी बढेको महाशाखाले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय