मालपोतको फैसला अदालतले उल्ट्यायोः एक सय ३१ रोपनी सरकारी जग्गा राणा परिवारलाई

बैशाख २६,काठमाडौं : भक्तपुर नगरकोटको एक सय ३१ रोपनी सरकारी जग्गा भक्तपुर जिल्ला अदालतको फैसलाले राणाको नाममा दर्ता हुने भएको छ। न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले गत फागुन २१ मा मालपोत कार्यालय भक्तपुरको निर्णय बदर गरी सो जग्गा राणा परिवारको नाममा कायम गरिदिएको छ।

 मालपोत कार्यालयले सरकारका नाममा दर्ता गराएको एक सय ३१ रोपनी जग्गा भक्तपुर जिल्ला अदालतले उल्टी गरी दिवाकर राणाको परिवारको नाममा कायम हुनेगरी फैसला गरिदिएको हो। सो फैसलाको पूर्ण पाठ आएपछि फैसला कार्यान्वयनको प्रक्रियामा जानेछ।अदालत स्रोतका अनुसार सो मुद्दाको फैसला भए पनि फैसलाको पूर्णपाठ अझै तयार भइसकेको छैन। मालपोत कार्यालयको निर्णयलाई चुनौती दिइएको सो मुद्दाबारे अदालत स्रोतले नागरिकलाई भन्यो, ‘फैसला तयार भइसकेको छैन, तर मुद्दाको मिसिलमा उल्टी जनाइएको छ भने अदालतको वेबसाइटमा समेत अन्तिम आदेशका साथै उल्टी जनाइएको छ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय