बैशाख २४,काठमाडौं : प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक संसद र ११ प्रदेशको माग ब्युँताउँदै संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच सोमबार एकीकरण भएको छ ।
एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । ‘समुन्नत समाजवाद’ लाई पार्टीको प्रमुख राजनीतिक सिद्धान्तका रूपमा अंगीकार गरिएको छ । पार्टीका तीन शीर्ष नेतामध्ये उपेन्द्र यादव एकीकृत पार्टीको अध्यक्ष बनेका छन् । बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष र अर्का नेता अशोक राई वरिष्ठ नेता रहेका छन् ।
प्रज्ञा प्रतिष्ठानको हलमा निर्धारित समयभन्दा आधा घण्टापछि एकैसाथ प्रवेश गरेका भट्टराई र यादवले खचाखच कार्यकर्ता र समर्थकमाझ एक–अर्काको पदीय जिम्मेवारी घोषणा गरेका थिए । भट्टराईले यादवलाई पार्टी अध्यक्ष र यादवले भट्टराईलाई परिषद् अध्यक्ष घोषणा गरे । कार्यक्रम करिब साढे चार घण्टा चलेको थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले पार्टीको सर्वोच्च कार्यकारी भूमिकामा यादवलाई स्वीकार गरे पनि वरीयतामा को वरिष्ठ झन्ने खुलाइएको छैन । कान्तिपुर दैनिकमा खबर छापिएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय
चैत २७,काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स