डीएसपीको गोलघरमा रहेका गुण्डा नाइकेसँग कनेक्सन !

बैशाख २४,काठमाडौँ : केन्द्रीय कारागारको गोलघरमा रहेका रमेश बाहुन भन्ने सुजन पौडेल र प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुङ्गेलबीच पटक–पटक फोन संवाद भएको घटना सार्वजनिक भएपछि गोलघरको सुरक्षा ब्यवस्थामाथि नै प्रश्न उठेको छ । संगठित अपराध (गुण्डागर्दी) मुद्दामा २०७१ सालमा पक्राउ परेका बाहुनका गतिविधि शंकास्पद देखिएपछि गोलघरमा राखिएको थियो ।

 सुरक्षाका दृष्टिकोणले संवेदनशील गोलघरका कैदीले हप्तामा एक दिन तीनजनासँग फोन सम्पर्क गर्ने सुविधा हुन्छ । ‘कल डिटेल’ र ‘भ्वाइस रेकर्ड’ हुने ल्याण्डलाइनको टेलिफोन सेटबाट आफन्तलाई फोन गर्नुपर्ने हुन्छ । टेलिफोन संवाद तथा अन्य गतिविधिमाथि सीसी क्यामेराका साथै प्रत्यक्ष रूपमा कारागार कर्मचारी र प्रहरीले सुक्ष्म निगरानी राख्ने गर्छन् । सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरका कैदी बाहुन र डीएसपी कुमोदबीचको बाक्लो फोन संवादमा भने सुरक्षा सतर्कता अपनाएको देखिदैन ।महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्र राठौर अपराधीका लागि कारागार पनि सुरक्षित गृह बन्दै गएको जस्तो देखिएको बताए । गृह मन्त्रालयले डीएसपी ढुङ्गेललाई शुक्रवार निलम्वन गरेको छ । गत चैत २६ गते रानीवारीमा भएको डकैती घटनामा संलग्न अभियुक्त नैकापका विक्रम श्रेष्ठसँग पनि डीएसपी ढुङ्गेलको बारम्वार फोन सम्पर्क भएको देखा परेपछि निलम्वन गरिएको मन्त्रालयले जनाएको छ ।

पोखरामा घर किन्न जम्मा राखेको तीनकरोड रुपियाँ लुट्ने योजनाअनुरुप हतियार देखाइ रानीवारीस्थित एक ब्यापारीको घरभित्र जवरजस्ती प्रवेश गरेको अभियोगमा प्रहरीले नैकापका विक्रमसहित चन्द्रागिरिका ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढीका २८ वर्षीय ‘दीपेश’ भन्ने सन्तबहादुर तामाङलाई पक्राउ गरेको थियो । उनीहरूको पक्राउसँगै थप अनुसन्धान गर्दा अभियुक्त विक्रम, गोलघरका बाहुन र डीएस्पी कुमोदबीच त्रिकोणात्मक सम्वन्ध देखिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय