काठमाडौं , बैशाख २३ : एक रुसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ। मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा सुखोई सुपरजेट-१०० विमानमा आगलागी भएको हो।
रुसको सरकारी मिडियाका अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा चालक दलका ५ सदस्यसहित ७८ जना सवार थिए।
तीमध्ये ४१ जनाको मृत्यु भएको हो। ३७ जनालाई भने जीवितै उद्धार गरिएको छ।
रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमान एयरपोर्टमा फर्कनुपरेको र अवतरणका क्रममा विमानको इञ्जिनमा आगो लागेको थियो।
दुर्घटना आइतबार भएकाे हाे।
सामाजिक सञ्जालमा आइरहेका भिडियो हेर्ने हो भने यात्रुहरुलाई विमानको आपतकालीन ढोकाबाट निकालिँदै थियो।
भिडियोमा, अवतरण गर्ने क्रममा विमानबाट कालो धुवाँ आइरहेको देख्न सकिन्छ। यस्तै अर्को भिडियोमा विमान अवतरण गर्ने क्रममा उफ्रिएको देख्न सकिन्छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पीडित परिवारप्रति समावेदना व्यक्त गरेका छन्।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि