बैशाख २२, काठमाडौं : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणाली र अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ सम्बोधन गरेको स्पष्टीकरण दिएका छन् ।
गणतन्त्र स्थापनापछि नीति तथा कार्यक्रम सम्बोधनका क्रममा पहिलोपटक राजाकै शैलीमा राष्ट्रपति विद्या भण्डारीले मेरो सरकार सम्बोधन गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री बोलेका हुन् । ओलीले मेरो सरकार बारेमा भारतको पनि उदाहरण दिन भ्याए ।
उनले भने–भारतमा एउटा पार्टीका तर्फबाट निर्वाचित राष्ट्रपतिले उही या अर्को पार्टीको सरकार हुँदा पनि ‘माई गभरमेन्ट’ सम्बोधन गर्छन् । भारत पनि गणतन्त्रात्मक राज्य नै हो । त्यहाँका राष्ट्रपति पनि कार्यकारी होइनन् । कोविन्दजी (भारतीय राष्ट्रपति रामनाथ कोविन्द)को संसद्मा यसअघिको नीति तथा कार्यक्रम सम्बोधन साथीहरूले युट्युबमा हेर्नुभयो भने पनि प्रस्ट हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय