२०७६/२०७७ को बजेटः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ४६ अर्ब सिलिङ

बैशाख २२, काठमाडौं : सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ४६ अर्ब ७० करोड रुपिया बराबरको बजेट सिलिङ दिएको छ । यो बजेटको सिलिङ संघीय सरकारको लागि मात्रै हो ।

 प्रदेश र स्थानीय तहका लागि छुट्टै बजेट व्यवस्था गर्ने तयारी गरिएको छ । मन्त्रालयले संघअन्तर्गत रहेका निकाय र परियोजनामा खर्च गर्ने गरी बजेटको निर्माण गरिरहेको छ ।मन्त्रालयले तयार गरेको सिलिङको आधारमा प्रदेश र स्थानीय सरकारलाई सरकारले थप बजेट उपलब्ध गराउने छ । मन्त्रालयले शिक्षक पेन्सन, उपदान, अस्थायी शिक्षकको अवकाश, औषधी उपचार, निवृतिभरण शिर्षकमा सबैभन्दा बढी करिब १५ अर्ब तथा उच्च शिक्षा र उच्च शिक्षाको परियोजनातर्फ करिब १४ अर्ब रुपिया बजेट छुट्याएको छ । यो बजेट सबै विश्वविद्यालय, उच्च शिक्षा परियोजनामा खर्च हुने बताइएको छ ।  यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय