
अनुष्ठानमा दैनिक वेदपाठ, रुद्राभिषेक, श्रीमद्भागवत पाठपारायण, तुलादान, भुमिदान,ब्रतवन्ध,विवाह, चौरासी पुजा ग्रहशान्ति,लक्ष्यदीप प्रज्ज्वलन,हवन,१००८ शालिग्राम पुजा तथा परिक्रमा हुनेछन् ।
महानुष्ठानको दैनिक कार्यतालिकामा योगसाधाना मण्डव पुजन, श्रीमद्भागवत् तथा गीता पाठपारायण, दाता सम्मान, विशिष्ट व्यक्तिहरुद्धारा शुभेच्छा प्रकटलगायतका लगायतका कार्यक्रम हुनेछन् ।
त्यस्तै महाअनुष्ठानको पूर्णहुती बैशाख ३० र कृतज्ञाता ज्ञापन बैशाख ३१ गने हुनेछ ।
महाअनुष्ठान मुल समारोह समितिका अध्यक्ष जयराम लामिछानेले वैशाख ३० गतेसम्म अनुष्ठान चल्ने जानकारी दिँदै आध्यात्मिक भाव जगाउन तथा सकारात्मक सोचको उजागर गर्न अनुष्ठान सहयोगीसिद्ध हुने जानकारी दिए ।
त्यस्तै उनले महाअनुष्ठानले ऐतिहासिक बद्रीनारायण धामसहित नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार गरी नेपाललाई आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न टेवा पुग्ने तथा आध्यात्मिक तथा धार्मिक पर्यटनको नाममा विदेशीने अर्बौको स्वदेशी धनराशीलाई स्वदेशमै परिचालन तथा प्रयोग गर्न राष्ट्रव्यापी जागरण पैदा गर्न महाअनुष्ठान सहयोगी बन्नसक्ने पनि बताए ।
नारायण पोखरेल प्रतिष्ठान नागार्जुन– ७ रामकोटको आयोजनामा हुने अनुष्ठानमा वाचनप्रविण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत गीताको बैज्ञानिक र व्यवहारिक पक्षको सव्याख्या गर्नेछन् ।
आयोजकले अनुष्ठानको सम्पूर्ण तयारी पूरा भइसकेको पनि जनाएको छ ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।