विष्णु पौडलसँगै देउवामाथि पनि छानबिन हुने

बैशाख २०, काठमाडौं : सरकारले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा संलग्न जोकोही भए पनि कारवाही हुने स्पष्ट पारेको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बालुवाटार जग्गा खरिद प्रकरणमा तथ्य र प्रमाणबाट दोषी जोकोहीलाई पनि कारवाही गरिने स्पष्ट पारेका हुन्।

सुवर्ण शम्शेरको भनाई, रिसइवी साध्ने आशंका, नेपाली कांग्रेसले बचाउमा बोलेको र कांग्रेस सभापति शेरबहादुर देउवाको समेत नाम जोडिएपछि छानविन प्रभावित हुने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा बाँस्कोटाले दोषी पाइए नेकपा महासचिव विष्णु पौडेलदेखि देउवासम्मलाई कारवाही हुने जवाफ दिए।

‘कोहीप्रति रिसइवी साध्ने तरिकाले उत्खनन् गरिएको विषय यो होइन। सुशासन र सरकारी सम्पत्तिको रक्षाभित्र पर्छ। यसमा जोकोही पर्नुस् चारतारे, लालतारे। तथ्य र प्रमाणले देखाउँछ भने यसमा कसैलाई पनि छुट दिन सक्दैनौं’, उनले भने। उनले चारतारे भनेर कांग्रेस (देउवा) र लालतारे भनेर नेकपा (विष्णु पौडेल) तर्फ लक्षित गरेका हुन्। आजको नागरिक दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय