बैशाख १४,काठमाडौं : नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड कर्नर नोटीस जारी गरेको छ ।
नेपाल प्रहरीकाे पटक पटकको आग्रहपछि इन्टरपोलले बिहीबार नोटिस जारी गरेको हो । आठ महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम अब जुनसुकै देशमा पक्राउ पर्न सक्नेछन् । उनी हाल क्यानडा बस्दै आएका छन् ।
अमेरिकाको सपना देखाएर तीन युवतीलाई गौतमले २ वर्षअघि हाइटी पुर्याएका थिए । हाइटीबाट सामान्य पानी जहाजमा अमेरिका भनि पठाइएका युवतीमध्ये भक्तपुरकी सुमित्रा कुँवरको समुन्द्रमै मृत्यु भएपछि रहस्य बाहिर आएको थियो । बाँचेका दुई जना स्वदेश फर्किएपछि उनीहरुकै उजुरीको आधारमा प्रहरीले अनुसन्धान सुरु गर्दा गौतमको मुख्य संलग्नता रहेको खुलासा भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय