हिरासतमा किशोरको मृत्यु, ‘झुन्डिएको ठाउँ देखाऊ भन्दा मानेनन्’

बैशाख १३,काँकरभिट्टा : मेचीनगर–६, काँकरभिट्टाका १५ वर्षीय किरण कार्की ढोली (दर्जी) को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ । 

 प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबीन समितिले बुधबार राति मृतकका परिवारसँग सोधपुछ गरेको हो । एसएसपी किशोर दाहाल संयोजकत्वको तीन सदस्यीय टोलीले राति ९ बजेसम्म बयान लिएको थियो ।मृतकका बुबा रमेशले बयान दिन इन्कार गरेका थिए । ‘बयान दिएर मेरो छोरो फर्किएर आउने होइन,’ उनले भनेका थिए । मृतककी दिदी प्रतिमा र भाउजू सिर्जनाले बयान दिएका थिए । किरणले हिरासतमा आत्महत्या गर्नै नसक्ने सिर्जनाले गरेकी थिइन् । घटनापछि किरणको शव बुझ्न मेची अञ्चल अस्पतालसमेत पुगेकी उनले किरण झुन्डिएको स्थान हेर्छु भन्दा प्रहरीले नदिएको बताइन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय