श्रीलंका विष्फोटः सरकारी ‘लापरवाही’ मा राजनीतिक विवाद, अहिलेसम्म ३१० को मृत्यु

बैशाख १०,बीबीसी : श्रीलंकामा गत आइतबार चर्च र होटलहरुमा भएका आठ वटा श्रृंखलावद्ध बम विष्फोटमा परी मृत्यु हुनेको संख्या तीन सय १० पुगेको छ । प्रहरीले विष्फोटमा परी पाँच सय मानिसहरु घाइते भएका जनाएको छ । 

श्रीलंकाका सरकारी अधिकारीहरुले अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा बम विष्फोट गराइएको दाबी गरिरहेका छन् । सरकारले विष्फोटमा नेशनल तौहीद जमात नामक स्थानीय चरमपन्थी समूहको हात रहेको बताइरहेको छ । तर अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मेवारी भने लिएको छैन । श्रीलंकामा सोमबार रातिबाट संकटकाल लगाइएको छ ।

बढ्यो विवाद
यसैबीच आक्रमणको बारेमा घटना अगावै सूचना प्राप्त भए पनि सरकारले सुरक्षाको प्रवन्ध मिलाउन नसकेको भन्दै श्रीलंकामा हंगामा मच्चिएको छ । राष्ट्रपति मैत्रीपाला सिरीसेनाका सल्लाहकार शिराल लकथिलाकाले बीबीसीसँगको कुराकानीमा सरकारका तर्फबाट भएको भनिएको लापरबाहीको अनुसन्धान गरिने बताएका छन् । 

यसअघि श्रीलंकाका एक वरिष्ठ मन्त्री रजित सेनारत्नेले कोलम्बोमा पत्रकारहरुसँगको कुराकानीका क्रममा अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सीहरुले आक्रमण हुनेसक्ने सूचना दिएको पुष्टि गर्दै उक्त सूचना प्रधानमन्त्री रनिल विक्रमसिंघेसम्म पुग्न नसकेको बताएका थिए । 

श्रीलंका प्रहरीले आक्रमणमा संलग्न रहेको आशंकामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको पुष्टि गरेको छ । प्रहरीले आक्रमणमा कसको हात छ भन्ने बारेमा भने केही पत्ता लगाउन सकेको छैन । 

पक्राउ परेका सबै श्रीलंकाकै नागरिक भएको बताइएको छ । उनीहरु माथि कुनै अन्तर्राष्ट्रिय संगठनसँग सम्पर्क रहे–नरहेको बारेमा अनुसनधान भइरहेको बीबीसीले उल्लेख गरेको छ । 

श्रीलंकाका प्रधानमन्त्रीले सम्भावित आक्रमणका बारेमा प्रहरी घटना अगावै जानकार रहेको पाइएको बताउँदै मन्त्रिपरिषद्मा भने यस बारेमा कुनै जानकारी पुग्न नसकेको प्रष्ट पारेका छन् । श्रीलंकाका रक्षामन्त्री आर विजयवर्धनले भनेका छन्, ‘‘यो आत्मघाती आक्रमण हो । गुप्तचर एजेन्सीहरुले आक्रमणका बारेमा सूचित गरेका पनि थिए । तर सुरक्षा प्रवन्ध मिलाउनु अगावै आक्रमण भयो । आक्रमणको षड्यन्त्र विदेशमा रचिएको थियो ।’’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित