छोराछोरीलाई साङ्लोले बाधेर यातना दिने बाबुआमालाई २५ वर्ष जेल

बैशाख ७ :  अमेरिकी राज्य क्यालिफोर्नियाका एक निर्दयी बाबुआमालाई २५ वर्षको जेल सजाए सुनाइएको छ।

आफ्नै छोराछोरीलाई साङ्लाले बाधेर वर्षौ यातना दिने बाबुआमालाई अमेरिकी अदालतले जेल सजाए सुनाएको हो।

आफ्ना १३ सन्तानलाई बाबु डेभिड र आमा लुइस तुर्पिनले करिब ९ वर्षसम्म चरम यातना दिएका थिए।

१७ वर्षीया छोरी क्यालिफोर्नियास्थित पेर्रिस शहरको घरबाट भाग्न सफल भएपछि उनकै उजुरीको आधारमा गतवर्षको जनवरी महिनामा ती अभिभावकलाई प्रहरीले पक्राउ गरेका थिए।

जन्मकैदको फैसला सुनाइए पनि ती छोराछोरीले आफ्ना आमाबुबालाई माया गर्ने शुक्रबार अदालतमा बताएका थिए।

अदालतमा डेभिड र लुइसले आफ्ना छोराछोरीलाई दिएको यातनाप्रति माफी मागेका थिए।

लस एन्जल्सदेखि १ सय १२ किलोमिटर दक्षिण टाढा एक घरमा डेभिड र लुइसका छोराछोरी बन्दी बनाइएको अवस्थामा भेटिएका थिए।

२ वर्ष उमेरदेखि २९ वर्षका छोराछोरीलाई उनीहरुले बन्दी बनाएका थिए। एक २२ वर्षीया छोरा खाटमा साङ्लाले बाधेको अवस्थामा भेटिएका थिए।

उनीहरुलाई जनवारलाईजस्तै व्यवहार गरिएको प्रहरीको भनाइ छ। उनीहरुको कोठा खोरजस्ता गन्हाएको बताइएको छ।

वर्षौदेखि बन्दी बनाइएका उनीहरुलाई वर्षमा एकपटक मात्र नुहाइन्थ्यो। घरबाट भाग्न सफल ती १७ वर्षीया छोरीले आफ्ना बाबुआमाको कर्तुत प्रहरी समक्ष बताएपछि उनीहरु सबैले उन्मुक्ति पाएका हुन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित