बैशाख ६,काठमाडौं : इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एक नाबालकको मृत्यु भएको छ । मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीको मृत्यु भएको हो । प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु भएको दाबी गरेका छन् । किरण पक्राउ परेको र हिरासतमा राखिएको जानकारी प्रहरीले उनका परिवारलाई नै दिएको थिएन ।
मृत्युपछि पनि परिवारलाई थाह नदिई शंकास्पद रूपमा रातारात शव पोस्टमार्टम गर्यो । बिर्तामोड प्रहरीले झुन्डिएर आत्महत्या गरेको दाबी गरेको छ । तर, हिरासत कक्षमा झुन्डिन मिल्ने ठाउँ छैन । प्रहरीले किरणलाई हिरासतमा गैरकानुननी रूपमा राखेको थियो । अदालतबाट म्याद थपसमेत नगरी तीन दिनसम्म हिरासतमा राखेको खुलेको छ । जब कि बयानका लागि २४ घन्टाभन्दा बढी हिरासतमा राख्न अदालतबाट म्याद थप गर्नुपर्छ ।
प्रहरीले किरणका परिवारलाई समेत थाहा नदिई मेची अञ्चल अस्पताल भद्रपुर लगेर शव पोस्टमार्टम गरेको छ । पोस्टमार्टमपछि मात्रै किरणका बुबा रमेश कार्की डोली दर्जीलाई प्रहरीले शव बुझ्न बोलाएको थियो । २९ चैतको साँझ ६ बजे किरणलाई बिर्तामोडका केही स्थानीयले मोबाइल चोरीको आरोप लगाउँदै प्रहरीको जिम्मा लगाएका थिए । बिर्तामोड इलाका प्रहरी कार्यालयका डिएसपी सुवास खड्काको निर्देशनमा उनलाई हिरासतमा राखियो ।
चोरी घटना स्विकार्न लगाउन प्रहरीले कुट्दा १ वैशाखको राति हिरासतमै उनको ज्यान गएको हुनसक्ने आफन्तको अनुमान छ । किरणको मृत्युपछि अप्ठ्यारोमा पर्ने डरले प्रहरीले अभिभावकलाई समेत थाहा नदिई अस्पताल लगेर शव पोस्टमार्टम गरायो । घटनाको भोलिपल्ट २ वैशाख बिहान १० बजे मात्र मृत्युको खबर लिएर प्रहरी किरणका बाबु रमेशलाई खोज्दै मेचीनगर–६ स्थित घर पुगेको थियो । किरणले हिरासतमा आत्महत्या गरेको र शव अस्पताल लगेर पोस्टमार्टमसमेत गरिसकेको प्रहरीले बताएपछि रमेश सशंकित भए । प्रहरीले लुकाउन खोजेको घटना मृतकका परिवारकै कारण सार्वजनिक भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय