April 18, 2019

बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह

 

बैशाख ५,
 
काठमाडौँ – काठमाडौंँ उपत्यका लगायत देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण देखिनेक्रम रोकिएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् । 

पछिल्लो समय काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की, मोरङ, सुनसरी लगायतका जिल्लामा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । 

बर्डफ्लु पुष्टि भएपछि सरकारले हालसम्म हजारौँ कुखुरा नष्ट गरिसकेको छ भने त्यही अनुपातमा अण्डा र दाना समेत नष्ट गरेको छ । पशु सेवा विभागले हालसम्म बर्डफ्लुको सङ्क्रमणबाट नेपालमा मानिसको मृत्यु नभए पनि सर्वसाधरणलाई बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह गरेको छ । 

पशु सेवा विभागका अनुसार काठमाडौँमा ३८ हजार ९३२ कुखुरा नष्ट गरिएको छ । यस्तै दाना ११ हजार दुई सय केजी र अण्डा १० हजार २१५ वटा नष्ट गरिएको छ । हेटौडामा ४८ हजार कुखुरा नष्ट गरिएको छ भने छ हजार ८९० अण्डा र दुई हजार ९९३ केजी दाना नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय