नवलपुर सदरमुकाम कावासोतीमा सबै सरकारी कार्यालय एकीकृत रूपमा सञ्चालन गर्ने तयारी भएको छ । सरकारी कार्यालय एकीकृत रूपमा सञ्चालन गर्न कावासोतीस्थित रामनगरमा एक सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । सोही जग्गामा केन्द्र, प्रदेश र जिल्लास्तरका सबै सरकारी कार्यालय स्थापना गर्ने तयारी स्थानीय प्रशासनले अघि बढाएको हो ।भू–माफियाहरूले पर्ती जग्गालाई विभिन्न बहानामा अतिक्रमण गर्ने प्रयास गरिरहेका वेला सो जग्गा सरकारमातहत ल्याइएको प्रतिनिधिसभा सदस्य तिलक महतले जानकारी दिए ।
व्यवस्थित र एकीकृत रूपमा सबै सरकारी कार्यालय सञ्चालन गर्ने उद्देश्यले काम अघि बढाइएको सांसद महताले बताए । ‘नवलपुरलाई सदरमुकाम बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौँ,’ महतले भने, ‘एकीकृत रूपमा सबै कार्यालय सञ्चालन गर्दा नागरिकले एकै स्थानबाट सबै सेवा सहज
रूपमा पाउनेछन् ।’
एकीकृत सेवाकेन्द्र क्षेत्रमा दुई हजार मानिस अट्ने सभाहल, व्यवस्थित पार्किङ, चमेनागृह, पार्क, कभर्ड हलसहितका संरचना निर्माण गरिनेछन् । ‘नया“ जिल्लाका रूपमा विकास हुँदै गएको नवलपुरलाई नमुना सदरमुकाम बनाउने उद्देश्य हामीले लिएका छौँ,’ महतले भने ।
७ वैशाखमा प्रधानमन्त्रीले शिलान्यास गर्ने
एकीकृत सरकारी कार्यालयको शिलान्यास प्रधानमन्त्री केपी ओलीले ७ वैशाखमा गर्दै छन् । त्यसका लागि जिल्ला समन्वय समिति नवलपुरका संयोजक चेसराम आलेको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष, गण्डकी प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्रीलगायतको उपस्थिति रहने आलेले जानकारी दिए ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित