April 4, 2019

२० हजार नयाँ कर्मचारी भर्ना गर्दै सरकार, यस्तो हुनेछ प्रक्रिया

 

काठमाडौंं / सामान्य प्रशासन मन्त्रालयले करिब २० हजार नयां कर्मचारी भर्ना गर्न गृहकार्य अघि बढाएको छ । कर्मचारी समायोजन पुरा भएपछि घटीमा १५ र बढीमा २० हजार नया कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो । आगामी आर्थिक वर्षको शुरुबाटै नियुक्ति गर्ने गरी कर्मचारी भर्नाको गृहकार्य अघि बढाएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी गराए ।

संविधानमा प्रदेश लोकसेवा आयोग नबनेसम्म संघीय लोकसेवाले नै कर्मचारी भर्ना गर्ने प्रावधान रहेको छ । मन्त्रालयका अनुसार बैशाख सम्ममा अपुग दरबन्दीको विवरण निकालिने छ । ‘छोटो प्रक्रियाबाट यही आर्थिक वर्ष्भित्र कर्मचारी नियुक्त गर्ने छौं ।

नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि कर्मचारी भर्ना गर्ने तयारी गरिरहेका छौं ।’ मन्त्री पण्डितले भने । कतिपय प्राविधिक पदका कर्मचारी करारमा भए पनि नियुक्त गर्ने पनि मन्त्रालयले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स