कांग्रेस महाधिवेशन लाग्यो, शीर्ष नेतालाई चटारो

चैत १६, काठमाडौं : कांग्रेस विधानमा महाधिवेशनले चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्ने प्रावधान छ । यस आधारमा १४ औँ महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ । विधानमा विशेष कारण देखाएर एक वर्ष थप गर्न पाउने व्यवस्थासमेत गरिएको छ । तर, पार्टीका शीर्ष नेताहरू महाधिवेशन आएझैँ देश दौडाहाको प्रतिस्पर्धामा लागेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंहसहितका नेताहरू पछिल्लो तीन सातायता विभिन्न जिल्ला पुगिसकेका छन् । केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुन नपर्ने गरी विधानलाई अन्तिम रूप दिएपछि शीर्ष नेताहरूले जिल्ला भ्रमणलाई प्राथमिकतामा राखेको देखिन्छ ।

नेताहरूले जिल्लामा सामान्य कार्यक्रम राखेर जाने गरेका छन् । वर्तमान कार्यसमितिले अहिलेसम्म पार्टीका विभिन्न विभागसमेत गठन गर्न सकेको छैन । प्रमुख भ्रातृसंगठन नेविसंघ, नेपाल तरुण दल पनि लथालिंग अवस्थामै रहेका वेला पार्टीका शीर्ष नेताहरू भने आगामी महाधिवेशनबाट नेतृत्व हात पार्ने अभियानमा जुट्नुलाई कार्यकर्ता असमञ्जसमा परेका छन् ।

देउवा र पौडेल सँगसँगै

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले २४ देखि २७ फागुनसम्म कास्की, म्याग्दी, पर्वतको कार्यक्रममा संयुक्त सहभागिता जनाए । त्यसपछि उनीहरू पूर्वी नेपाल र पश्चिम नेपालका १० वटाभन्दा बढी कार्यक्रममा तालिका बनाएर निस्किएका छन् । म्याग्दी र पर्वतमा सभापतिको कार्यक्रम तालिका आएपछि पौडेलले पनि आफ्नो लामो भ्रमणसूची सार्वजनिक गरेका थिए । यो समाचार नयाँ पत्रिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय