
चैत १६,रामेछाप – खाँडादेवी गाउँपालिकाको टिमुखी डुन्डुगुल जोड्ने सडक निर्माणका लागि वडा कार्यालयले ठुलो मेसिन लगायो । ५ लाखको योजना बुधबार सकियो । सरकारको नीतिबमोजिम उक्त सडकमा डोजर लगाउन पाइदैथ्यो । १ करोडभन्दा कम लागतका योजनामा डोजरलगायतका ठुला मेसिन प्रयोग निषेध गर्ने गरी सरकारले २ महिनाअघि निर्देशिका जारी गरेको थियो ।
‘हामीलाई कुनै जानकारी नै छैन,’ खाँडादेवी ७ का वडाध्यक्ष असलसिंह तामाङ भन्छन्, ‘संघीय सरकारले पत्र पठाएको छैन, गाउँपालिकाले यस विषयमा केही जानकारी दिएको छैन । जानकारी आउँदा यस्तो काम गर्दैनथ्यौँ । नीति बनेको राम्रो भयो, त्यो आएदेखि हामी त्यसै दिनदेखि साना योजनामा डोजरको प्रयोग रोक्छौँ ।’ सरकारको नीति थाहा नपाउने खाँडादेवी गाउँपालिका मात्र होइन्, दोरम्बा डडुवाका वडाध्यक्ष ढालबहादुर रानामगरलाई पनि अत्तोपत्तो छैन । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय