March 27, 2019

दोहोरो वायुले प्रि–मनसुन सक्रिय, बुधबार पनि दोहोरिने

 

 चैत १३, काठमाडौँ – स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावका कारण देशैभरी ‘प्रिमनसुन’ को प्रभाव परेको छ । यही प्रभावका कारण मंगलबार बिहानैदेखि राति अबेरसम्म पनि मेघ गर्जनसहित मध्यम र हल्का वर्षा भएको छ । 

सोमबार भित्रिएको पश्चिमी वायु र नेपालभित्रै विकसित भएको मौसमी प्रणालीले मंगलबार दिनभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधाङ्गले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

‘सामान्यतया प्रि मनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर क्षणिक वर्षा हुने गर्छ, तर मंगलबार भने दुईवटा मौसमी प्रणालीले गर्दा बिहानैदेखि मेघ गर्जनसहित वर्षा भयो’ उनले भने । 

मंगलबार सक्रिय बनेको प्रिमनसुन बुधबार बिहानैदेखि कमजोर हुने र मुलुकको पूर्वी भेगबाहेक अन्यत्रको मौसम सफा हुने उनले बताए । तर अपरान्ह्पछि मुलुकका केही भू–भागमा क्षणिक वर्षाको गतिविधि भने दोहोरिने बताउँदै प्रधाङ्गले भने, ‘अहिले प्रिमनसुनको समय भएकोले यस्तो गतिविधि दोहोरिनु स्वभाविक हो ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय