वल्र्डलिङ्कद्वारा १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा !

Worldlink-600x480

फाल्गुन २७, काठमाडौँ / इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराउनुभयो । वल्र्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।

सेवाग्राहीले एकपटकमा ‘लगइन’ गरेपछि करीब एक घण्टा ३० मिनेट निःशुल्करूपमा इन्टरनेट चलाउन सक्नेछन् । कम्पनीले पर्यटकीय क्षेत्र, बजारका मुख्यमुख्य स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

यसैगरी अधिकांश स्थानीय तहमा इन्टरनेट पु¥याएको वल्र्डलिङ्कले सन् २०२२ सम्म सबै स्थानीय तहमा इन्टरनेट सेवा पु¥याउने प्रमुख कार्यकारी निर्देशक नेपालले जानकारी गराउनुभयो ।

इन्टरनेट विस्तार गर्ने क्रममा वल्र्डलिङ्कले चार महीनामा करीब एक लाख जनालाई सेवा सुविधा विस्तार गर्ने तयारी रहेकोसमेत उहाँले जानकारी गराउनुभयो । विसं २०५२ मा स्थापना भएको मुलुककै पुरानो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्कका अहिले दुई लाख ८० हजार सेवाग्राही रहेका छन् । तीन वर्षअघिसम्म कम्पनीका ३५ हजार मात्र सेवाग्राही रहेका थिए । प्रमुख कार्यकारी निर्देशक नेपालले दुर्गम क्षेत्रमा पनि इन्टरनेट पु¥याउन क्षमतासमेत विस्तार गरिएको जानकारी गराउनुभयो ।

उहाँका अनुसार कर्णाली प्रदेशका विकट जिल्ला हुम्ला, जुम्ला, डोल्पा र मुगुसहित अन्नपूर्ण बेसक्याम्पमा समेत यस वर्ष उच्च गतिको इन्टरनेट सेवा पु¥याइनेछ । यस्तै एक वर्षभित्रमा दार्चुला, बझाङ, बाजुरा, सोलुखुम्बु र ताप्लेजुङमा समेत आफ्नो इन्टरनेट सेवा विस्तार गर्ने उहाँले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक