March 9, 2019

गिटी कुटेर जिउन बाध्य महिलालाई थाहा छैन नारी दिवस

 

 
 फाल्गुन २५, रुकुम – दिनभर गिठ्ठी कुटेर आफ्ना बालबच्चा पालीरहेकी रुकुम पश्चिम त्रिबेणी गाँउपालिका ३ की बिना बादीलाई अन्तर्राष्ट्रिय महिला दिवसबारे थाहा छ नत कुनै राज्यका औपचारिक कार्यक्रम । ७ वर्ष पहिला श्रीमान गंगाराम अर्की श्रीमती लिएर भारत गएपछि छोरा छोरी र आफ्नो छाक टार्नका लागी पनि दिनभर यसरी गिठ्ठी कुट्न बाध्य छिन ।

छोराछोरीको पढाईको त कुरै छाडौं कसरी पाल्ने भन्ने चिन्ता मात्र उनीसँग छ । उनले १४ वर्षदेखी गिठ्ठी कुटिरहेकी छन् । चार सन्तानकी आमा भइसकेकी वीना दिनभर गिठ्ठी कुटेर साँझबिहानको छाकको जोहो गर्छिन् ।

बिना मात्र होइन त्रिबेणी १ कै मनकली परियार पनि दिनभर गिठ्ठी कुट्नमै व्यस्थ हुन्छिन् । मनकलीलाई कुनै दिवस र समारोहको पत्तै हुँदैन । आफ्नो हक अधिकारको पक्षमा कुन ठाँउमा के भइरहेको छ भन्ने कहिलै उनले थाहा पाइनन् ।

मनकलीलाई आफूले काम गरेको श्रमको मुल्य कति पाइरहेको छु भन्ने मात्र जानकारी छ । श्रम गरे अनुसार गिठ्ठीको मूल्य प्रति ट्याक्टर ५ हजार तथा प्रति कठ्ठा ७० रुपैयाँको दरले बिक्री गर्ने गरेको उनले बताइन् । उनले भनिन् “मलाई मेरो श्रमको मूल्य कसरी पाँउ भन्ने चिन्ता छ कुनै दिवसबारे मलाई थाहै छैन ।” यो समाचार धनवीर दाहालले नेपाल समाचार पत्रमा लेखेका छन् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण